आइपिएलमा राजस्थान प्लेअफमा, पञ्जाव बाहिर

इन्डियन प्रिमियर लिगमा गएराति भएको खेलमा किङ्स इलावेन पञ्जाव चेन्नेइ सुपर किङ्ससाग पाच विकेटले पराजित भएपछि प्लेअफबाट बाहिरीएको छ ।

पञ्जावको हारले राजस्थान रोयल्स मैदान बाहिर बसेर नै प्लेअफमा पुग्न सफल भयो । अब पहिलो क्वालिफायर्समा सनराइजर्स हैदरावाद खेल्नेछन भने इलिमिनेटर खेलमा कोलकाता र राजस्थान विच प्रतिस्पर्धा हुनेछ ।

पुनेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारीत १९ ओभर चार बलमा एक सय ५३ रनमा अलआउट भयो । ७६ रन बनाउादा चार विकेट गुमाएको पञ्जावका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुन सकेन ।

उसका लागि करुन नायरले ५४ तथा मनोज तिवारीले ३५ र डेविड मिलरले २४ रन बनाउनु बाहेक बाकि खेलाडी सस्तैमा आउट भए । पञ्जावलाई सस्तैमा आउट गर्न लुङगी नेगिडीले चार विकेट लिए ।

जवाफमा चेन्नेईले १९ ओभर एक बलमा ५ विकेट गुमाउादै लक्ष्य पुरा गर्यो । उसको जितमा सुरेश रैनाले ६१ तथा दिपक चाहरले २९ र हरभजन सिंहले १९ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest