आइपिएलमा चमत्कारी प्रदर्शन गरेका सन्दिप आज स्वदेश फर्किदै

इन्डियन प्रिमियर लिग आईपीएलमा अविस्मरणीय प्रर्दशन गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्कदैछन् ।

लामिछाने मंगलबार अपरान्ह सवा ४ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुग्नेछन् । यस सिजनमा दिल्ली डेयर डेभिल्समा सन्दीप २० लाख भारुमा आवद्ध भएका थिए । आईपीएलमा दिल्लीको अन्तिम ३ खेल खेलेका सन्दीपले ५ विकेट लिएर विश्वस्तरमा सवैलाई प्रभावित पारेका थिए ।

बैशाख २८ गते रोयल च्यालेन्जर्स बैंग्लेरविरुद्ध सन्दीपले डेब्यु खेलमै विकेट लिएका थिए । त्यस्तै जेठ ४ गते चेन्नाई सुपर किंग्सविरुद्धपनि १ विकेट लिएका थिए । सोमबार मुम्बई इन्डीयन्सविरुद्ध उनले कमालै गरे ।

४ ओभर बलिङ गरेका सन्दीपले मुम्बईका ३ व्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका थिए । आईपीएलमा दिल्ली लिग चरणबाट माथि जान नसकेपनि सन्दीपले खेलेका ३ मध्ये २ खेल दिल्लीले जितेको थियो । आईपीएलबाट फर्किए पछि सन्दीप विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेलकालागि इङ्ल्याण्ड प्रस्थान गर्नेछन् । जेठ १७ गते विश्व ११ वेष्ट इन्डिजबीच क्रिकेटको मक्का मानिने लर्डस मैदानमा खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest