कप्तान पारसले प्रधानमन्त्री कप क्रिकेट नखेल्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अर्को साता सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

प्रधानमन्त्री कप हुने बेला पारस ब्यक्तिगत कारणले बेलायत जानुपर्ने भएकाले एकदिवसिय प्रतियोगिता गुमाउने भएका हुन । प्रतियोगिताको मिती तय हुनु अघि नै पारस बेलायत जाने पक्का भएकाले पनि उनले यो प्रतियोगिता गुमाउने भएका हुन ।
विभागिय टिमका कप्तान रहिसकेका पारसले यसपटक खेलेको भए प्रदेश ३ बाट खेल्ने सम्भावना बढि थियो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालय इन्टरनेशनलको ब्यवस्थापनमा प्रधानमन्त्री कप जेठ १३ गते कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । सात प्रदेश र ३ विभागिय टोली गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

त्रिभुवन आर्मी क्लब, एपिएफसहित समूह ‘ए’ मा प्रदेश नम्बर १, २ र ४ छन् भने नेपाल पुलिस क्लब प्रदेश नं ३,५, ६ र ८ समूह ‘बी’मा छन् । प्रतियोगिताको उद्घाटन खेल एपिएफ र प्रदेश नं ४ बीच हुनेछ ।
प्रधानमन्त्री कपको विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै, म्यान अफ द सिरिजलाई १ लाख, उत्कृष्ट व्याट्स्म्यान र बलरलाई समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उदयीमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest