थकित डिभिलियर्सले लिए क्रिकेटबाट सन्यास

दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान एवी डिभिलियर्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन ।

इन्डियन प्रिमियर लिग खेलेर फर्किएको चार दिन पछि डिभिलियर्सले अचानक सन्यासको घोषणा गरेका हुन । जुलाईमा श्रीलंका विरुद्ध श्रृखंला खेल्ने तयारीमा रहेको दक्षिण अफ्रिकालाई डिभिलियर्सको सन्यासले ठुलो झट्का लागेको छ । आईपिएलमा बैङलोरबाट खेलेका ३४ बर्षे डिभिलियर्सले तीन वटा सतक प्रहार गरेका छन । जसमा उनले दुई सतक बैङलोरका तर्फका बाट गरेका थिए।

सन् २००४ देखि राष्ट्रिय टिमबाट खेलेका डिभिलियर्सले एक सय २३ टेष्टमा आठ हजार सात सय ६५ रन बनाएका छन । जसमा उनले २२ सतक र ४६ अर्धसतक हिर्काएका छन । यस्तै २२८ एकदिवसिय खेल खेलेका डिभिलियर्सले नौ हजार पाच सय ७७ रन बनाएका छन । जसमा २५ सतक र ५३ अर्धसतक छन । टी–२० मा ७८ खेल खेल्दा एक हजार ६७२ रन प्रहार गरेका छन । जसमा १० अर्धसतक रहेका छन ।

डिभिलियर्सले एक भिडियो सार्वजनिक गर्दै आफुले अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन । उनले एकपछि अर्को प्रतियोगिताका कारण थकित भएको र परिवारलाई समय दिने बेला आएको बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest