सन्दिपलाई टाटा टेगोर उपहार, ३ बर्ष टाटाको ब्रान्ड एम्बेस्डर

आईपीएलमा सफलता हासिल गरी स्वदेश फर्किएका १७ वर्षीय नेपाली स्पिनर सन्दिप लामिछानेलाई टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको तर्फबाट करिव २५ लाख रुपैयाँ पर्ने कार प्रदान गरेको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सन्दिपलाई टाटा टेगोर गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

सिप्रदीले बुधबार साँझ एक कार्यक्रम गरी सन्दिपले क्रिकेटमार्फत मुलुकलाई विश्वसामू चिनाएको भन्दै कार पुरस्कार दिएको हो । कारको करलगायत सम्पूर्ण खर्च सन्दिपले ब्यहोर्नुनपर्ने सिप्रदीले जानकारी दिएको छ ।

त्यसका लागि सन्दिपले सिप्रदीसँग आगामी तीन वर्षका लागि ब्राण्ड एम्बासडरको सम्झौता गरेका छन् ।

सन्दिप आगामी मे ३१ मा इंग्ल्याण्डको लर्डसमा हुने वेष्ट इण्डिजबिरुद्धको च्यारिटी खेलका लागि विश्व–११ को टिममा पनि परेका छन् ।

मंगलबार स्वदेश फर्किएका सन्दिप बुधबार बिहानैदेखि सम्मान तथा पुरस्कार थाप्न व्यस्त छन् ।

बुधबार बिहान केडिया समूहको तर्फबाट १ लाख पुरस्कार ग्रहण गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest