नेपालले पहिलो एकदिवसिय खेल नेदरल्याण्ड्ससँग खेल्ने

एक दिवसीय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो खेल नेदरल्याण्डसँग खेल्ने भएको छ ।

क्रिकेट सम्बन्धी वेबसाईट क्रिकबजले जनाएअनुसार नेपाल र नेदरल्याण्डवीचको एतिहासिक एक दिवसीय खेल अगष्ट १ तारिकमा हुनेछ ।

तर खेल हुने मैदानको टुङ्गो भने लागेको छैन ।

एक दिवसीय खेल नेदरल्याण्ड, नेपाल र एमसीसीवीचको त्रिकोणात्मक टि–२० श्रृङ्खलापछि हुनेछ ।

नेपाल र नेदरल्याण्ड जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट प्रतियोगितामा भिडेका थिए, जुन खेलमा नेदरल्याण्ड ४५ रनले विजयी भएको थियो । यसै प्रतियाेगितामा दुबै टिमले एक दिवसीय मान्यता पाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest