एकदिवसिय प्रतियोगिता खेलाडीको क्षमता देखाउने थलो-सन्दिप

नेपाली क्रिकेटका युवा स्टार सन्दिप लामिछानेले एकदिवशीय क्रिकेट प्रतियोगिता आयोजनाले नेपाली खेलाडीको प्रदर्शनमा ठूलो सहयोग गर्ने बताएका छन् ।

आगामी आइतबारदेखि पहिलो पटक आयोजना हुन लागेको अन्तर प्रदेश एक दिवसीय क्रिकेट प्रतियोगितामा खेलाडीले पनि आफ्नो कमजोरी र बलियो पक्ष पहिल्याउन सक्ने बताए ।

घरेलु संचरना र प्रतियोगिताको अभावमा अहिले सम्म राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने मौका नपाएका सन्दिपले भने, ‘ओडीआई स्टेटस पाएपछि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्न लागेको प्रतियोगिता (खेलाडीका लागि) यो ठूलो मौका हो । क्रिकेटको संरचना फेरिँदै गएकोमा गर्व लागेको छ । आयोजक, खेलाडी साथै सबै टिमलाई शुभकामना दिन चाहन्छु ।’

इण्डियन प्रिमियर लिग क्रिकेटमार्फत नेपाली प्रतिभा विश्वब्यापी रुपमा प्रदर्शन गरेका सन्दिपले घरेलु संरचना, क्रिकेट मैदान, उचित योजना र क्यालेन्डर बनाएमा क्रिकेटको विकास हुने बताए ।

प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिता जस्ता प्रतियोगिताहरु नियमित रुपमा हुने हो भने क्रिकेटमा आउन चाहने धेरैको भविष्यको खोज्ने माध्यम बन्न सक्ने सन्दिपको भनाई छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest