फाइनल प्रवेशका लागि कोलकाता र हैदरावाद भिड्दै

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत दोस्रो इलिमिनेटरमा आज राती सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् ।

कोलकातामा हुने खेलमा जित हात पार्ने टिमले चेन्नईसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ भने पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ ।

लिग चरणमा तेस्रो भएको कोलकाताले पहिलो इलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराएको थियो । त्यसअघि प्लेअफमा सन् २०१६ सिजनको च्याम्पियन सनराइजर्स चेन्नई सुपर किंग्ससँग २ विकेटले पराजित भएको थियो ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै हैदराबादले नौ जितबाट १८ अंक बनाउँदै शीर्ष स्थान हात पारेको थियो । तर चेन्नईसँग पराजित भएपछि उपाधिको दाबेदारीता प्रस्तुतीका लागि हैदराबादले अन्तिम मौका पाएको छ ।

दुई पटक उपाधि जितिसकेको कोलकाताका लागि दिनेश कार्तिक, क्रिश लिन, रविन उथपा, सुनिल नराईन जस्ता ब्याट्सम्यान महत्वपूर्ण रहन सक्नेछन् । उनीहरुले यो सिजनमा तीन सयभन्दा बढी रन बनाइसकेका छन् । काेलकातालार्इ घरेलु मैदानकाे समर्थन निकै महत्वपूर्ण रहनेछ ।

यता हैदराबादको प्रदर्शन कप्तान केन विलियमसनको ब्याटिङमा भर पर्नेछ । केन विलियमसन आईपीएलमा सात सय रन पूरा गर्न १५ रनमात्र पछि छन् । यस्तै शिखर धवन पनि आक्रामक ब्याटिङ गरेर टिमलाई जित दिलाउन सक्षम छन् ।

बलिङतर्फ भुवनेश्वर कुमार हैदराबादका मुख्य हतियार हुनेछन् । उनले आईपीएलमा एउटै टिमका ९६ विकेट लिइसकेका छन् । कोलकाताबाट भने अलराउण्डर सुनिल नराइनले १११ विकेट हात पारिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest