मध्यपश्चिमलाई हराउँदै रुपन्देही कर्णाली प्रिमियर लिगको फाईनलमा

मध्यपश्चिमलाई २७ रनले पराजित गर्दै रुपन्देही कर्णाली प्रीमियर लिगको फाईनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाईनलमा मध्य पश्चिमले पहिले टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो ।

रुपन्देहीका लागि सन्दीप सुनारले सर्बाधिक ५० बशिर अहमदले ४६ र शंकर रानाले ३५ रनको योगदान गरे । बलिङतर्फ मध्य पश्चिमका अमर सिंह रौतेलाले ३ र अभिनाश बोहराले २ विकेट लिए ।

१७३ रनको लक्ष्य पक्ष्याएको मध्यपश्चिम १ सय ४६ रनमा अलआउट भयो । मध्यपश्चिमका लागि सुबेन्दु पाण्डेले सर्बाधिक ४६, प्रनित थापाले २० र सिद्धान्तराज शाहीले १९ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट भए ।

रुपन्देहीका लागि बलिङतर्फ बिकाश श्रेष्ठले ३ र सन्दीप सुनारले ३ विकेट लिए । उपाधिका लागि रुपन्देहीले धनगढी क्रिकेट एकेडेमी र आर्मी बिचको विजेतासँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest