कर्णाली प्रिमियरको उपाधिका लागि विनोद र शक्तिको टिम भिड्ने

कर्णाली प्रिमियर लिगको उपाधिका लागि रुपन्देही ११ र त्रिभुवन आर्मी विच प्रतिस्पर्धा हुने भएको छ ।

मध्यपश्चिमलाई २७ रनले पराजित गर्दै रुपन्देही फाईनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाईनलमा मध्य पश्चिमले पहिले टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । रुपन्देहीका लागि सन्दीप सुनारले सर्बाधिक ५० बशिर अहमदले ४६ र शंकर रानाले ३५ रनको योगदान गरे । बलिङतर्फ मध्य पश्चिमका अमर सिंह रौतेलाले ३ र अभिनाश बोहराले २ विकेट लिए ।

१७३ रनको लक्ष्य पक्ष्याएको मध्यपश्चिम १ सय ४६ रनमा अलआउट भयो । मध्यपश्चिमका लागि सुबेन्दु पाण्डेले सर्बाधिक ४६, प्रनित थापाले २० र सिद्धान्तराज शाहीले १९ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट भए ।

रुपन्देहीका लागि बलिङतर्फ बिकाश श्रेष्ठले ३ र सन्दीप सुनारले ३ विकेट लिए । उपाधिका लागि रुपन्देहीले आर्मीसँग खेल्नेछ ।

आजै भएको दोस्रो सेमिफाइनलमा धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै आर्मीले उपाधिका लागि  रुपन्देही–११ सँगको भेट पक्का गरेको हो।

टस जितेर पहिलो ब्याटिंग गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३१ रन जोड्यो। उसका लागि कप्तान भुवन कार्कीले सर्वाधिक ४४ रन बनाए। त्यस्तै सन्जु धामीले २३, दिपेन्द्र थापाले २१ र रोमन बमले १६ रनको योगदान दिए। बलिङतर्फ सागर पुन र चन्द्र सावदले २–२ तथा जितेन्द्र मुखिया, सुशन भारी र हरीकृष्ण झाले १–१ विकेट लिन सफल भए। 

एक सय ३२ रनको लक्ष्य आर्मीले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि नरेश बुढाऐरले अविजित ६३ र राजु रिजालले २८ रनको योगदान दिए। त्यस्तै ओपनर सागर पुनले १४ र अनिल मण्डलले १३ रन बनाएका थिए।  बलिंगतर्फ धनगढीका भुवन कार्की र नारायण जोशीले १–१ विकेट लिए । 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest