आईपीएलमा राम्रो अवसर पाएँ : सन्दीप लामिछाने

चितवन । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले आईपीएलमा उपस्थिति आफ्नो लागि ठूलो अवसर भएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता प्रमाणित गर्नका लागि आईपीएल मह¤वपूर्ण खुड्किलो बनेको उनले बताए ।

बिश्व ११ मा अट्नु आईपीएलकै देन भएको उनको भनाइ छ । आईपीएलमा दिल्ली डेयरडेभिल्स टिमबाट सहभागी सन्दीप अन्तिम तीन खेलमा भने मैदान छिरेका थिए । पहिलो र दोस्रो खेलमा समान एक–एक विकेट लिएका उनले अन्तिम खेलमा ३ विकेट लिँदा चार ओभरमा ३४ रन खर्चेका थिए ।

सुरूका खेलहरुमा पर्न नसक्नुको कारणमा हारिरहेको टिमलाई जित्नैपर्ने दबाब रहेकाले कोच र क्याप्टेनको रोजाइमा आफू कम अनुभवी भएकाले नपरेको उनले बताए । अब आफू नेपालले निकट भविष्यमै खेल्ने एकदिवसीय क्रिकेटमा केन्द्रित हुने उनले बताए ।

सन्दीप चितवन चित्रसारीका बासिन्दा हुन् । उनलाई लिनका लागि भरतपुर विमानस्थलमा बुबाआमा, दिदीभिनाजु र अन्य आफन्तजन आइपुगेका थिए ।

प्रस्तुत समाचार चितवन पोष्ट राष्ट्रिय दैनिक बाट साभार गरिएको हो

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest