क्रिकेटका ७ कप्तान एकै थलोमा सम्मानित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अहिलेसम्मका सबै सातजना कप्तानलाई शनिबार सम्मान गरिएको छ ।

प्रमोदराज–सावित्री पाण्डे स्मृति प्रतिष्ठानको आयोजनामा नेपाली क्रिकेट टोलीका वर्तमान कप्तान पारस खड्कासहित पूर्व कप्तानहरु उत्तम कर्माचार्य, लेखबहादुर केसी, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दासलाई सम्मान गरिएको हो ।

नेपालले पहिलो अन्तराष्ट्रिय खेल खेल्दाका कप्तान उत्तम कर्मचार्यदेखि हालका कप्तानलाई एकै मञ्चमा सम्मान गरिएको यो पहिलो पटक हो ।

कार्यक्रममा कान्तिपुर दैनिकका खेल पत्रकार बिनोद पाण्डेलाई पनि नगद सहित सम्मान गरियो । पछिल्लो २० बर्ष देखि खेलकुद पत्रकारीतामा लागेका पाण्डेलाई १५ हजार रुपैयाँले सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा नेपाली क्रिकेट खेलाडी संघका अध्यक्ष डा. मनिषराज पाण्डे र नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त लगायतले क्रिकेट कप्तानहरुलाई सम्मान गरेका हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest