आइपिएलको उपाधिका लागि चेन्नेई र हैदरावादको भिडन्त

इण्डियन प्रियिमर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुदैछ ।

मुम्बइको वाङखाडे रंगशालामा हुने खेल निकै नै रोमान्चक हुने अपेक्षा गरिएको छ ।

हैदरावादलाई हराउँदै चेन्नई फाइनलमा प्रवेश गरेको हो भने शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा पुगेको हो ।

समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईले हैदरावादलाई हराएको थियो । आइपिएलको इतिहासमा लिग चरणमा शिर्ष दुई स्थानमा रहने टिम फाइनल खेल्न लागेको यो छैटौ पटक हो ।

चेन्नेईले पछिल्ला तीन फाइनलमा पराजय ब्यहोरेको छ । उसले २०१२ २०१३ र २०१५ को फाइनलमा हारेको थियो । एकै सिजनको आइपिएलमा यी दुई टिम चौथो पटक खेल्न लागेका हुन ।

यसअघिका तीनै भिडन्तमा चेन्नेई विजयी भएको छ । आज हैदरावादलाई त्यसको बदला लिनुका साथै उपाधि जित्ने मौका पनि हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest