प्रधानमन्त्री एकदिवसिय क्रिकेट आजबाट, पहिलो दिन २ खेल हुने

राष्ट्रिय खेलकुद परिषदकाे आयोजनामा हुन लागेको प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा पहिलो पटक सातै प्रदेशका टिमलाई सहभागि गराईएको छ । प्रदेश टिमसँगै ३ विभागीय टिमको पनि सहभागिता छ ।

जसमा उद्घाटन खेलमा विभागिए टिम एपिएफ र प्रदेश ४ खेल्नेछन । यी दुई टिम किर्तीपुर मैदानम उत्रनेछन भने यता मुलपानी मैदानमा प्रदेश ७ र प्रदेश ६ विच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागि ९ टिम काठमाडौ पुगिसकेका छन भने कर्णाली प्रिमियर लिगका कारण ५ प्रदेशको खेलाडी छनोट अझै हुन सकेको छैन । बुझिए अनुसार यो प्रदेशको खेलाडी छनोट आज हुनेछ ।

आगामी २९ गते सम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख जित्ने छ भने उप विजेताले १० लाख रुपैयाँ हात पार्ने छ ।

यस्तै म्यान अफ दी सिरिजले १ लाख रुपैयाँ, उत्कृष्ट व्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ पाउनेछन् । एक जना उदयीमान खेलाडीले १५ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले १०–१० हजार पुरस्कार पाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest