प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा सशस्त्रको विजयी सुरुवात

प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको पहिलो दिन उपाधिको दावेदार तथा विभागिए टिम एपिएफ क्लव विजयी भएको छ । उसले प्रदेश नम्वर चारलाई ५ विकेटले पराजित गर्यो ।

किर्तीपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ३९ रन बनायो ।

उसका लागि हरी चौहानले ५७ तथा कप्तान विधान श्रेष्ठले ४३ रन बनाउदा विपिन खत्रीले २७ रन बनाए । बाकि खेलाडी सस्तैमा आउट भए । बलिङतर्फ कमलसिंह ऐरीले ३ तथा अमरसिंह रौतेलाले दुई विकेट लिए ।

जवाफमा एपिएफले ३६ ओभर तीन बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा रोहित पौडेलले ७३ रन बनाए भने पृथु बास्कोटाले ५३ तथा शुवास खकुरेलले ४८ रनको योगदान गरे । यस्तै प्रदिप ऐरीले ३७ रन थपे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest