आइपिएलको उपाधि चेन्नेईलाई, सेन वाट्सनको बिस्फोटक पारी

इन्डियन प्रिमियर लिग आइपिएलको एघारौ संस्करणको उपाधी चेन्नाइ सुपर किंसले जितेको छ । चेन्नाइले फाइनलमा सनराइजर्स हैदराबादलाइ आठ विकेटले पराजित गर्दै तेस्रो पटक आइपिएल उपाधी जितेको हो ।

मुम्बइ स्थित वाखडे स्डेडियममा टस हारेर ब्याटि गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउर्दै एक सय ७८ रन बनाएको थिए । उसका लागि कप्तान केन विलियम्सनले ४७ र युसुफ पठानले अविजीत ४५ रन बनाएका थिए । शिखर धवनले २६, सकिव अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन जोडेका थिए । चेन्नाइका लुंगी नगिदी, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कर्ण शर्मा र ब्राभोले एक एक विकेट लिएका थिए ।

जवाफमा एक सय उनानअसी रनको लक्ष्य चेन्नाइले १८ ओभर तीन वलमा केवल दुइ विकेटको नोक्सानीमा पुरा गर्यो । चेन्नाइको जीतमा सेन वाटसन नायक सावित बने । उनले शतकिय पारी खेलेपछि महेन्द्र सिंह धोनलीको टिमले सहज जीत हात पार्यो । चेन्नाइले टिमको स्कोर १६ रन हुदा ओपनर फाप डु प्लेसिसलाइ पहिलो विकेटका रुपमा गुमाएको थियो । प्लेसिस दश रनमा संदिप शर्माको वलमा क्निल बोल्ड भएका थिए ।

तर वाटसन र सुरेश रैनाले दोस्रो विकेटका लागि एक सय १७ रनको साझेदारी गर्दै जीतको आधार तय गरे । वाटसन ५७ वल खेल्दै एक सय १७ रनमा अविजीत रहदा रैनाले ३२ रनको योगदान दिए ।

सुरुवाती दश वलमा रन जोड्न नसकेका अस्ट्रेलियन वाटसनले एघार चौका र आठ छक्का हिर्काएका थिए । वाटसनको सिजनमा यो दोस्रो शतक हो । अम्बाती रायुडु १६ रन जोड्दै अन्तिम समय सम्म क्रिजमा रहे । निलम्बनका कारण दुइ वर्षपछि आइपिएलमा फर्किइको चेन्नाइले शानदार पुनरागमन गरेको छ । यसअघि उसले सन २०१० र २०११ मा आइपिएल उपाधी जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest