बर्षाका कारण पिएम कप क्रिकेटमा आजका खेल रोकिए

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगितामा दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लव र प्रदेश ७ विचको खेल बर्षाले रोकिएको छ ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस प्रदेश ७ विकेट पूरै हाबी देखियो । उसले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३२४ रन बनाएको छ । पहिलो विकेटका लागि सुनील धमला र दिलिप नाथले ९२ रनको साझेदारी गरेका थिए ।

१८.३ ओभरमा दिलिप नाथ २७ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका दिपेन्द्र सिंह ऐरीसँग मिलेर धमलाले ४९ रनको साझेदारी गरे । २६.१ ओभरमा ऐरी २५ रनमा आउट हुँदा पुलिसको स्कोर १४०/२ थियो ।
तेस्रो विकेटका रुपमा कुशल भुर्तेल २२ रनमा आउट भए पनि ओपनर धमलाले एउटा एण्डबाट पारी संहालिरहेका थिए ।

तर, ३९.४ ओभरमा आरिफ शेखसँग तालमेल नमिल्दा धमला ८३ रनको व्यक्तिगत स्कोरमा रनआउटको शिकार बन्न पुगे । ११३ बल खेलेर उनले ९ चौका प्रहार गरे । पाचौं नम्बरमा ब्याटिङमा आएका आरिफ शेखले विष्फोटक पारी खेल्दै ३७ बलमा ५७ रनको अर्धशतकीय पारी खेल्दा कप्तान मञ्जित श्रेष्ठ ३३ बल खेलेर ४९ रनमा अविजित रहे ।

शेखले ५ छक्का र २ चौका तथा कप्तान श्रेष्ठले ४ चौका र ३ छक्का प्रहार गरे । इनिङको अन्तिम बलमा छैटौं विकेटका रुपमा आउट भएका सिद्धान्त लोहनीले पनि १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २६ रन बनाए ।
बलिङतर्फ प्रदेश ७ का शेर मल्लले २ विकेट लिँदा सागर भण्डारी, सुरेन्द्र चन्द र सन्तोष भट्टले एक एक विकेट लिए ।

जवाफमा प्रदेश ७ को स्कोर ३७ रनमा ५ विकेटको अवस्थामा भारी बर्षा भएपछि खेल रोकियो । मैदानमा भारी बर्षा भएपछि खेल केहिबेल देखि रोकिएको छ । प्रदेश ७ का लागि रोशन नेपाली ले १३ रन बनाउँदा बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

एक रन जोड्दा पहिलो विकेट गुमाएको प्रदेश ७ ले २५ रनमा दोस्रो र ३० रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि थप तीन रन जोड्दा उसको ५ विकेटले झरेको थियो । बलिङ तर्फ दिपेन्द्रसिह एरीले ३ तथा ललितसिह भण्डारीले २ विकेट लिए ।
आजकै अर्को खेलमा मूलपानी मैदानमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई २२४ रनको लक्ष्य दिएको छ ।

प्रदेश नम्बर १ ले टस जितेर पहिले व्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको छ । प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५१ रन बनाए । ६९ बल खेलेका सन्दीपले ८ चौका प्रहार गरे । यसैगरी फिर्दोश अन्सारी र श्रवन यादबले आउट नभई ३७ र ३४ रन जोडे ।

प्रदेश २ का संंसेद शेखले ४ तथा मेहबुब आलमले २ तथा हरिनारायण साहले १ विकेट लिए । २ सय २४ रनको लक्ष्य पच्छ्याउन प्रदेश नम्बर २ को खेलमा पानि बर्षाका कारण रोकिएको छ । ६७ रनमा ६ विकेटको अवस्थामा पानिले खेर रोकिएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest