म्याच फिक्सिङका कारण श्रीलंकन क्रिकेटले दुई जनालाई प्रतिबन्ध लगायो

पछिल्लो पटक केहि साम्मे जस्तो देखिएको म्याच फिक्सिङका घटना फेरी ब्युतिएका छन । हालैमात्र अलजजीरा टेलिभिजनले सार्वजनिक गरेको डकुमेन्ट्रीमा परेर श्रीलंकन पूर्व खेलाडी थारिन्दु मेन्डिस र क्यरेटरथरंगा इन्डिका बर्खास्तमा परेका छन ।

उनीहरु स्वयमले यसअघि श्रीलंकाको गाले क्रिकेट स्टेडियममा दुईवटा खेलहरु फिक्सिङमा सहयोग पुर्याउनुका साथै आगामी नोभेम्बरका लागि तय गरिएको इंग्ल्याण्ड र श्रीलंकाबीचको खेलमा फिक्सिङ गर्ने योजना बनाएको डकुमेन्ट्रीमा बताएका थिए।
श्रीलंकन क्रिकेट बोर्डले यसले विस्तृतमा अध्ययन गर्न तीन सदस्यीय समिती गठन गरेको र फिक्सिङको सम्पूर्ण छानविन आइसीसीलाई पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ।

आइसीसीले पनि यसप्रकरणमा यसअघि नै अनुसन्धान थालिसकेको छ। सार्वजनिक भएको डकुमेन्ट्रीमा गल्ली क्रिकेट स्टेडियममा आगामी नोभेम्बरमा हुने इंग्ल्याण्ड र श्रीलंकाबीचको खेल बराबरी पुर्याउने र चार दिन नै सकाउने गरि पीच निर्माण गर्न थालिएको उनीहरुले बताएका थिए।

सोही स्टेडियमका पूर्व क्युरेटर जयामन्दा वार्नायारालाई पनि आइसीसीले यसअघि ३ वर्षको प्रतिबन्ध लगाएको थियो। २०१९ सम्म प्रतिबन्धमा परेका उनी माथि भष्ट्रचार विरोधी जाँचमा सहयोग नगरेको भन्दै उक्त प्रतिबन्ध लगाइएको हो।

यता अस्ट्रेलियन क्रिकेट बोर्डले आफ्ना खेलाडीहरु म्याच फिक्सिङमा रहेको प्रमाण उपलब्ध गराउन अलजजिरालाई अनुरोध गरेको छ। अलजजिराले आइतबार सार्वजनिक गरेको डकुमेन्ट्रीमा गतवर्ष भारत र अस्ट्रेलियाबीच राचीमा भएको टेस्टमा दुई जना अस्ट्रेलियन खेलाडीले स्लो ब्याटिङ गर्न पैसा लिएको उल्लेख गरेको छ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले पनि आरोपमा मुछिएका आफ्ना खेलाडीहरुको पक्षमा उभिएको छ। डकुमेन्ट्रीमा चेन्नाईमा भारतसँग २०१६ मा भएको टेस्टमा इंग्ल्याण्डका खेलाडीहरु पनि फिक्सिङमा संलग्न भएको आरोप मुनावरले लगाएका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest