ई-सेवाको ब्रान्ड एम्बेस्डर बने ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल नेपालको पहिलो इ–पेमेन्ट कम्पनी ई–सेवाको औपचारीक रुपमा ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

ई–सेवाको मातृ संस्था एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौताअनुसार मल्लले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ई–सेवाको लोगो भएको ब्याट प्रयोग गर्नेछन् । एक वर्षका लागि भएको सम्झौतामा ई–सेवाले मल्ललाई मासिक निश्चित रकम उपलब्ध गराउनेछ । तर, रकमबारे भने ई–सेवाले केहि बताउन चाहेन ।

सम्झौतापछि क्रिकेटर मल्लले क्रिकेट खेलेरै जीविकोपार्जन गर्न नसकिरहको अहिलेको परिप्रेक्षमा यसले ठूलो सहयोग र हौसला मिलेको प्रतिक्रिया दिए । ‘क्रिकेटमा मात्र होइन, समग्र खेलकुदमै पनि खेलाडीहरुले आफ्नो खेललाई पूर्ण समय दिन नसकिरहेको अवस्थामा निजी क्षेत्रले गर्ने सहयोगले आर्थिक रुपमा हामीलाई सजिलो हुन्छ, यसले मैदानबाहिरको तनावलाई कम गर्छ ।’ कार्यक्रममा मल्लले भने ।

त्यस्तै एफ वान सफ्टका अध्यक्ष ढकालले ई–सेवा पछिल्लो ४/५ वर्षदेखि नै नेपाली क्रिकेटसँग जोडिएको स्मरण गराउँदै राष्ट्रिय टोलीका उपकप्तानसँगको सहकार्यले अझ नयाँ उचाइ लिएको विश्वास व्यक्त गरे ।

ई–सेवाले मल्ललाई आफ्नो दोस्रो र खेलकुदमा पहिलो ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । यसअघि अभिनेता विपिन कार्की ई–सेवाको ब्राण्ड एम्बासडरको जिम्मेबारीमा छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest