पीएम कप क्रिकेट-पुलिस र प्रदेश एक विजयी

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन विभागिए टिम नेपाल पुलिस र प्रदेश एक विजयी भएका छन । पुलिसले प्रदेश ७ लाई एक सय ७४ रनले हरायो भने प्रदेश एकले प्रदेश दुईलाई ६८ रनले पराजित गर्यो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय २४ रन बनायो । उसका लागि सुनिल धमलाले ८३ रन बनाए भने आरिफ शेखले ५७ तथा कप्तान मञ्जित श्रेष्ठले ४९ रनको योगदान गरे ।

यस्तै दिलिप नाथले २७ रन बनाउदा दिपेन्द्र ऐरीले २५ र अन्तिममा सिद्धान्त लोहनीले २६ रन थपे । पुलिसले पहिलो विकेटका लागि ९२ रनको दरिलो साझेदारी गरेको थियो ।

त्यसपछि एक सय ६९ रन बनाउदा तीन विकेट झरेको पुलिसले प्रदेश सात माथि बलियो लक्ष्य दिन सफल भयो । बलिङ तर्फ शेर मल्ले दुई विकेट लिए ।

जवाफमा प्रदेश सात ३७ ओभरमा सात विकेट गुमाउँदा एक सय ३० रनमा रोकियो । बर्षा कारण खेल प्रभावित भएपछि ३७ ओभरमा झारेर प्रदेश सातले तीन सय पाच रनको नया लक्ष्य पाएको थियो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा अरुन ऐरीले ७० रन बनाउदा रोशन नेपालीले १३ रन बनाए । बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । एक रनमा पहिलो विकेट गुमाएको प्रदेश सातले ६६ रन बनाउदा ७ विकेट खेर फाल्यो ।

पुलिसका लागि दिपेन्द्र ऐरीले चार तथा ललितसिंह भण्डारीले दुई विकेट हात पारे ।

यस्तै मुलपानी मैदानमा भएको खेलमा प्रदेश एकले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा सात किकेटको क्षतीमा २ सय २३ रन बनायो । उसका लागि सुदिप ढुंगानाले ५१ रन बनाउदा फिधोस अन्सारीले ३७ र श्रवण यादवले ३४ रनको योगदान गरे । बलिङ तर्फ संसद शेखले चार विकेट लिए ।

जवाफमा प्रदेश दुई ३० ओभरमा एक सय ४५ रनमा अलआउट भयो । बर्षाका कारण ३४ ओभरमा झारीएको खेलमा प्रदेश २ ले दुई सय १४ रनको नयाँ योगफल तयार पार्यो । उसका लागि हरिशंकर शाहले ४४ रन बनाउदा राहुल प्रताप सिंहले २२ रन जोडे । यस्तै कुन्दन सिंहले १६ रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest