लर्ड्समा वेष्ट इन्डिज विरुद्दको च्यारीटी खेलका लागि सन्दिप भोली लण्डन जाने

आईपिएलबाट तहल्का मच्चाएका नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेष्ट इन्डिज विरुद्दको च्यारीटी खेलका लागि भोलि इंग्ल्यान्ड प्रस्थान गर्दैछन ।

लर्डस मैदानमा हुने विश्व ११ र वेस्ट इन्डिजबीचको मैत्रीपूर्ण टी–२० खेल खेल्न लण्डन जादैछन ।

सन्दीपलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्व ११ टिममा सामवेश गरेको थियो।

१७ वर्षीय सन्दीपसँगै विश्व ११ टिममा इयान मोर्गन (कप्तान), साहिद अफ्रिदी, तमिम एकबाल, लुक रोची, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, र सन्दीप लामिछाने हुनेछन्।

वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन्।

वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोगका लागि च्यारीटि खेल हुन लागेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest