पीएम कप क्रिकेटमा आज दुई खेल

प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनका खेलहरु सुरु भएका छन् ।

अष्ट्रेलियाको एक्सेल्सिया कलेजको मुख्य प्रायोजन तथा राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा समूह बीमा रहेको प्रदेश नम्बर ६ ले प्रदेश नम्बर ३ विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यता मूलपानी मैदानमा हुने प्रदेश २ र ४ बीचको खेल भने वर्षाका कारण केहि ढिला हुने भएको छ ।

यसअघि सोमबार भएको खेलमा कीर्तिपुरमा पुलिसले प्रदेश ७ लाई १७४ रन तथा मूलपानीले प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले पराजित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest