आईपिएलबाट फर्किएपछि निकै ब्यस्त बनेका सन्दिप लर्डसमा खेल्न आज लण्डन जाँदै

आईपीएल क्रिकेटमा प्रभावशाली प्रर्दशन गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्व–११ टिमबाट वेष्ट इण्डिजबिरुद्धको च्यारिटी ट्वान्टी ट्वान्टी क्रिकेट खेल्न मंगलबार साँझ इंग्ल्याण्ड जाँदैछन् ।

दिल्ली डेयरडेभिल्सबाट अन्तिम ३ खेलमा मैदान उत्रिएका सन्दीपले महत्वपूर्ण पाँच विकेट लिएपछि विश्वस्तरमा उनकै चर्चा भएको थियो । आईपीएलको प्रदर्शनकै आधारमा उनी विश्व–११ म पनि पर्न सफल भए ।

मंगलबार दिउँसो सन्दीपलाई कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरी बिदाई गरिएको थियो । पत्रकारहरुसँग कुरा गर्दै सन्दिपले आईपीएलमा खेल्नु ठूलो उपलव्धी भएको चर्चा गरे, उनल भने ‘ठूलो प्लेटफर्ममा जान पाउँदा खुसी नै भइन्छ, मैले आईपीएलमा आफूलाई सिद्ध गर्न सकेँ, जसले गर्दा ३ करोड नेपालीको शिर उँचो बनाएको छु ।’

आईपीएलमा पहिलो पटक सहभागी सन्दीपको प्रर्दशनले पक्कैपनि नेपाली क्रिकेटका लागि फाइदा गर्नेछ । उनले भने ‘यो आईपीएलमा म मात्रै सहभागि भएँ, अर्को पटक मसँग सँगै धेरै भन्दा धेरै नेपाली खेलाडीहरु पनि सहभागी हुन पाउने सम्भावना देख्छु ।’ तर त्यसका लागि सम्वन्धित खेलाडीले नै आफ्नो प्रदर्शन राम्रो गर्नुपर्छ ।’

सन्दीप लामिछाने आईपीएल खेलेर नेपाल फर्किएपछि उनको व्यस्तता निकै बढेको छ । काठमाडौं, चितवन र पोखरामा आयोजित विभिन्न सम्मान कार्यक्रममा सहभागि भइसके । अन्य क्षेत्र जाने उनको समय तालिका मिलेको छैन । मंगलबार राती विश्व ११ बाट खेल्न इङ्ल्याण्ड जाँदै गरेका सन्दीपलाई आईपीएल र विश्व ११ को फरकबारे सोधिएको जवाफ छ ‘ आईपीएल र विश्व ११ मेरा लागि फरक–फरक फर्म्याट भएपनि समानता धेरै छ । योङ प्लेयर हरुकालागि त्यस्तो प्लेटफर्ममा खेल्न पाउनुनै ठूलो सफलता हो ।’

आईपीएलमा सुरुका ११ खेलमा बेन्चमै बस्दा उनको मनमा के वितेको थियो त्यसको जवाफ सन्दीपसँगै छ । तर आईपीएल ‘फलो’ गर्ने नेपालीकालागि भने पक्कैपनि निरास बनाएको थियो । अहिले उनी विश्व ११ मा सहभागि हुन जाँदै गर्दा प्लेयीङ ११ मा पर्छन की पर्दैनन् भने चासो पनि छ, यसको जवाफ के छ त भन्दा, ‘हामी धेरै कुराहरुमा हतारिएका हुन्छौँ । मेरो अहिले पनि आग्रह छ, प्लेयिङ ११ मा पर्नु या नपर्नु ठूलो कुरो होइन् । तर टिममा पर्नुनै हामीलाई ठूलो कुरा हो । जसले गर्दा नेपाल र नेपाली क्रिकेटलाई नै माथि पुर्‍याउन मद्दत गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest