सञ्जम रेग्मीको उत्कृष्ट कमब्याकमा प्रदेश २ को रोमाञ्चक जित

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश एक ले पहिलो जित निकालेको छ । आज भएको समुह चरणको दोस्रो खेलमा उसले प्रदेश ४ लाई ७६ रनले हरायो ।

मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४४ ओभर ३ बलमा एक सय ५८ रनमा अलआउट भयो । उसका लागि विशाल सुस्लिङले २६ तथा रासिद खानले १८ रन बनाए । यस्तै कप्तान महबुब आलम र राहुल प्रताप सिंहले समान १७–१७ रनको योगदान गरे । २८ रन बनाउदा पहिलो विकेट गुमाएको प्रदेश २ ले ६७ रन बनाउदा चार विकेट गुमाएको थियो । तर पुछार तिरका खेलाडीले सम्हालिएर खेल्दा उसले सम्मानजनक स्कोर तयार पार्यो । बलिङमा हरी चौहान र विपिन खत्रीले समान ३–३ विकेट लिए ।

जवाफमा प्रदेश चार २८ ओभर ५ बलमा९१ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा अनिल गुरुङले ३६ र सुमा घिमिरेले ३२ रनको योगदान गरे । १३ रनमा पहिलो विकेट गुमाएको प्रदेश चारका कुनै खेलाडी विच राम्रो साझोदारी हुन सकेन । बलिङ तर्फ चार बर्षपछि घरेलु क्रिकेटमा फर्किएका सञ्जम रेग्मीले पाच तथा संसद शेखले ४ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest