एकदिवसिय क्रिकेटमा प्रदेश २ र ३ को सहज जित, चन्द्रले ६ विकेट लिएपनि टिम हार्यो

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको तेस्रो दिन प्रदेश दुई र प्रदेश ३ विजयी भएका छन । आज भएको समुह चरणको दोस्रो खेलमा प्रदेश २ ले प्रदेश ४ लाई ७६ रनले हरायो भने प्रदेश ३ ले ६ लाई तीन विकेटले हरायो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले ४७ ओभर ४ बलमा एक सय ७८ रनमा अलआउट भयो । उसका लागि रविन्द्र शाहीले ५२ तथा दिपन पुनले ५२ रनको योगदान गरे । यस्तै टेक सलामीले २६ रन बनाए ।
११ रनमा पहिलो विकेट गुमाएको उसले ७५ रन बनाउदा ५ विकेट खेर फालेको थियो । तर मध्यक्रमका खेलाडीले उसको पारी सम्हालेका थिए । बलिङ तर्फ प्रदेश ३ का किशोर महतो र जितेन्द्र ठकुरीले दुई दुई विकेट लिए ।

जवाफमा प्रदेश ३ ले ३६ ओभर तीन बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा रुपेश श्रीवास्तवले ३९ रन बनाउदा किशोर महतोले २५ रनको योगदान गरे । यस्तै आदिल खानले ३१ र इसान पाण्डेले २३ रन थपे ।

मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४४ ओभर ३ बलमा एक सय ५८ रनमा अलआउट भयो । उसका लागि विशाल सुस्लिङले २६ तथा रासिद खानले १८ रन बनाए । यस्तै कप्तान महबुब आलम र राहुल प्रताप सिंहले समान १७–१७ रनको योगदान गरे । २८ रन बनाउदा पहिलो विकेट गुमाएको प्रदेश २ ले ६७ रन बनाउदा चार विकेट गुमाएको थियो ।

तर पुछार तिरका खेलाडीले सम्हालिएर खेल्दा उसले सम्मानजनक स्कोर तयार पार्यो । बलिङमा हरी चौहान र विपिन खत्रीले समान ३–३ विकेट लिए ।

जवाफमा प्रदेश चार २८ ओभर ५ बलमा९१ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा अनिल गुरुङले ३६ र सुमा घिमिरेले ३२ रनको योगदान गरे ।

१३ रनमा पहिलो विकेट गुमाएको प्रदेश चारका कुनै खेलाडी विच राम्रो साझोदारी हुन सकेन । बलिङ तर्फ चार बर्षपछि घरेलु क्रिकेटमा फर्किएका सञ्जम रेग्मीले पाच तथा संसद शेखले ४ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest