वेष्ट इन्डिज विरुद्दको च्यारिटी म्याचमा सन्दिपको टिम विश्व ११ को कप्तानी अफ्रिदीले गर्ने

वेष्ट इन्डिज विरुद्धको च्यारिटी म्याचमा नेपाली युवा वलर सन्दिप लामिछाने रहेको विश्व ११ को टिमको कप्तानी साहिद अफ्रिदीले गर्ने भएका छन ।

भोली लण्डन स्थित लर्डस मैदानमा हुने खेलका लागि यसअघि कप्तान तोकिएका इयोन मोर्गन घाइते भएपछि उनको स्थानमा अफ्रिदीलाई कप्तानी दिइएको छ । भोली राती नेपाली समय अनुसार पौने १० बजेबाट सुरु हुने खेलका लागि सन्दिप आज लण्डन पुग्नेछन ।

वेष्ट इन्डिजमा गत बर्ष आएको आँधिका कारण भत्किएको रंगशाला पुर्ननिर्माणमा सहयोग जुटाउन खेल आयोजना गर्न लागिएको हो ।

विश्व ११ टिममा कप्तान साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लाघन, शोयब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोची र सन्दिप लामिछाने हुनेछन । वेष्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट,। क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्र रसेल छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest