प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश ४ ले १ लाई ३११ रनको लक्ष्य, हरीको सतक

काठमाडौंमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिबशीय क्रिकेट प्रतियोगिताको चौथो दिन प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई ३११ रनको लक्ष्य दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा भइरहेको प्रतियोगिता अन्र्तगत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जिति पहिला व्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँद ३१० रन बनाएको हो ।

प्रदेश ४ कालागि हरि चौहानले सतक बनाए भने सुमन घिमिरेले ८३ रन जोडेका थिए । १२९ रन बनाउँदा ५ विकेट गुमाएको प्रदेश ४ लाई चौहान र घिमिरेको साझेदारीले ठूलो स्कोरमा पुर्‍याएको हो । यसैगरी मन्जिल न्यौपानेले २८, आकाश थापाले १९ तथा अनिल गुरुङले १३ रन जोडेका थिए ।

हरि चौहानले सतक प्रहार गरेका छन् । चौथो नम्बरमा क्रिजमा आएको चौहानले ११४ बल खेल्दै सतक बनाएका हुन् । ८७ दशमलब ७१ को स्ट्राइक रेटमा ८ चौका तथा एक छक्का प्रहार गरे । जारी प्रतियोगितामा यो नै पहिलो सतक हो । सतक प्रहार गरे लगत्तै उनी क्याच आउट भए ।

प्रदेश १ का पुष्प थापा र सन्दीप ढुंगानाले २–२ तथा मनोज तामाङ र मनिस थापाले एक एक विकेट लिए ।

उता मूलपानीमा जारी प्रतियोगिता अन्र्तगत प्रदेश ५ र ७ भिडिरहेका छन् । बर्षातका कारण खेल रोकिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest