पीएम कप क्रिकेट- बर्षाका कारण प्रदेश ५ र ७ काे खेल रद्द

एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट अन्तर्गत बुधबार मूलपानी मैदानमा भएकाे प्रदेश ५ र ७ बीचकाे खेल वर्षाका कारण रद्द भएको छ ।

बुधबार बिहान परेको वर्षाका कारण खेल निर्धारित समयभन्दा किरव २ घण्टा ढिला सुरू भएको थियो । ३८ अाेभरमा झारिएको खेलमा प्रदेश ७ ले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो ।

प्रतियोगितामा प्रदेश ७ ले ८ अाेभर खेलेर २ विकेटको क्षतिमा १९ रन बनाउँदा पुनः वर्षा भएपछि खेल राेकियो । प्रदेश सातका कप्तान सुरेन्द्र चन्दा २ रनमा रन आउट भए । अर्का व्याट्सम्यान सन्जु दमाईको विकेट प्रदेश पाँच का कप्तान शक्ति गौचनले लिएका थिए ।

भारी वर्षाका कारण मैदानमा पानी जमेपछि अफिसियलले खेल नहुने घोषणा गरे र दुवै टाेलीलार्इ एक एक अंक दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest