वेष्ट इन्डिज विरुद्दको खेलमा आज सन्दिप लर्डसमा उत्रदै

नेपाली युवा स्पिनर सदिप लामिछानेको करियरले आज अर्को उचाइ लिदै छ । १७ वषिर्य संदिप क्रिकेटको मक्का मानिने लर्डस मा विश्व एघारको टिमबाट वेस्ट इन्डिज विरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुदैछन ।

खेल नेपाली समय अनुसार राती पौने एघार बजे सुरु हुनेछ । विश्व एघार पाकिस्तानका साहिद अफ्रिदी कप्तानीमा मैदानमा उत्रनेद्ध । सुरुवातमा इंगल्यान्डका इयोन मार्गानले कप्तानी गर्ने तय भएको थियो ।

तर उनले चोटका कारण आफ्नो नाम फिर्ता लिएपछि अफ्रिदीले कप्तानीको जिम्मेवारी पाएका हुन् । विश्व एघारमा अपि|mदी र संदिप सहित पाकिस्तानकै सोएब मल्लिक, भारतका दिनेश कार्तिक र हार्दिक पान्डेय, बंगलादेशका तमिम इकबाल, श्रीलंकका थिसरा परेरा, अफगानिस्तानका रासिद खान र मोहम्मद सामी न्युजील्याण्ड लुक रोन्ची र मिचेल म्याक्लेगेन , इंग्ल्यान्डका साम विलिस , टम कुरान र टाइमल मिलस छन । वेस्ट इन्डिजको स्क्वाडमा क्रिस गेल, कार्लोस ब्रेथवेट, सामुएल बद्री , आन्द्रे रसेल लगायतका स्टार खेलाडी सहभागी छन ।

इन्डियन पि्रमियर लिगमा दिल्ली डेयर डेभिल्स बाट खेलेका संदिपको प्रदर्शन बाट प्रभावित भइ आइसीसीले विश्व एघारको टिमका लागि छनौट गरेको थियो । उनले प्लेइ इलोभनमा रहेर खेल्ने संभावना पनि उच्च रहेको छ । टिममा अपि|mदी र रासिद अन्य दुइ स्पिनर हुन् । यो खेल क्यारेबियन आइल्यान्डमा गत वर्ष आएको आंधीले क्षेती पुर्याएका पांच स्टेडियमको पुर्न निमार्णका लागि खेल्न लागिएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest