इपिएलको तेस्रो सस्करणमा नेपालफ्लिक्स ग्लोबल डिजिटल पार्टनर

एभरेष्ट प्रिमियर लिग ईपीएलको तेस्रो संस्करणमा ग्लोबल डिजिटल पार्टनरको रुपममा ईपीएल प्रालि र नेपाल फ्लिक्सबीच सम्झौता भएको छ ।

इपीएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तर र नेपालफ्लिक्सका सीओओ करेल कुइपेरीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि अब इपीएललाई नेपालफ्लिक्सले विश्वभर डिजिटल ब्रोडकास्टिङ गर्नेछ । पत्रकार सम्मेलनमा सम्झौता रकम भने खुलाइएन ।

प्रतियोगिताको आगामी संस्करणको टेलिभिजन अधिकार भने एपी वानलाई नै दिइएको छ । यू–ट्युब लगायत अन्य डिजिटल मिडियाको प्रशारण अधिकार नेपालफ्क्सिले गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest