नेपाल पहिलो पटक आइसीसीको एकदिवसिय बरियतामा समावेश

एकदिवसीय मान्यता पाएका टिम नेपालसँगै स्कटल्याण्ड, नेदरल्याण्ड र युनाइटेड अरब एमिरेट्स (युएई) पनि आइसीसीको एकदिवसीय वरियतामा परेका छन ।

आइसीसीले सार्वजनिक गरेको जुन महिनाको बरियतामा नेपालसँगै अरु तीन देश परेका छन । जुन १ देखि शीर्ष १२ एकदिवसीय टोलीसँगै आइसीसी एकदिवसीय टोली बरियतामा समावेश भएका हुन् ।

आइसीसीको विश्वकप छनोटमा शीर्ष तीन स्थान ओगट्दै नेपाल, स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाएको थियो ।

स्कटल्याण्ड २८ अंकसहित १३ औँ स्थानमा रहेको छ भने १८ अंकसहित १४ औँ स्थानमा रहेको छ ।

नेदरल्याण्डको १३ अंक रहेको छ भने नेपालको शुन्य अंक रहेको छ । अब दुवै टोलीले चार खेल खेलेपछि एकदिवसीय वरियातामा सूचीकृत हुनेछन् ।

एकदिवसीय मान्यता पाएका टोलीसँगको खेलपछि कुनै पनि टोलीले अंक बटुल्न सक्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest