आर्मी प्रधानमन्त्री कप क्रिकेटको सेमिफाईनलमा, प्रदेश ५ को पहिलो जित

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा विभागिए टिम त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा आर्मीले प्रदेश ४ लाई नौ विकेटले हरायो ।

समुह ए अन्तर्गत भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ २९ ओभरमा मात्र ७६ रनमा अलआउट भयो । उसका लागि अनिल गुरुङले ४२ रन बनाउँदा बाकि खेलाडी सस्तैमा आउट भए । प्रदेश ४ का ६ खेलाडीले खाता खोल्न सकेन । प्रदेश ४ लाई सस्तैमा आउट गर्न विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए ।

जवाफमा आर्मीले १६ ओभर चार बलमा एक विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । आर्मीका जितमा सागर पुनले २६ तथा अनिल मण्डलले २८ र नरेश बुढाऐरले १० रनको योगदान गरे ।

यता मुलपानी मैदानमा भएको खेलमा प्रदेश ५ ले प्रदेश ६ लाई नौ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ६ २२ औभर पाच बलमा मात्र ५५ रनमा अलआउट भयो । उसका लागि विजय विष्टले १७ रन बनाउदा बाकि खेलाडी एकोहोरो रुपमा आउट भए । उसलाई कम स्कोरमा रोक्न प्रदेश ५ का शक्ति गौचनले तीन तथा विक्रम भुषालले तीन विकेट हात पारे ।

जवाफमा प्रदेश ५ ले १० ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest