क्यानेडीयन प्रिमियर लिगको अक्सनमा सन्दिप नामपनि

इन्डियन प्रिमियर लिगबाट चर्चाको शिखरमा पुगेका नेपाली युवा बलर सन्दिप लामिछाने क्यानेडियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा परेका छन ।

क्यानडा र अमेरीकामा गरि आयोजना हुने प्रतियोगिताको अक्सनका लागि सन्दिपले पनि नाम दर्ता गराएका छन । जसका अक्सन आजराति हुनेछ ।

आईपिएलमा तीन खेलमा पाच विकेट लिएका सन्दिपले वेष्ट इन्डिज विरुद्धको च्यारीटी खेल खेलेर स्वदेश फर्किएका छन । लर्डमा भएको खेलमा सन्दिपले एक ओभरमात्र बलिङ गर्न पाएका थिए ।

क्यारेवियन प्रिमियर लिग खेल्ने तयारीमा रहेको सन्दिपको नाममा अक्सन हुन्छ की हुदैन त्यो भने आज राति थाहा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest