सुवास र प्रदिपको सतकका कारण एपिएफले दियो प्रतियोगिताकै ठुलो लक्ष्य

काठमाडौमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफ र प्रदेश २ विचको खेलमा दुई खेलाडीले सतक प्रहार गरेका छन । सुवास र प्रदिपको ब्याटिङका कारण एपिएफले ३४० रनको लक्ष्य दियो ।

किर्तीपुर मैदानमा जारी खेलमा एपिएफका ओपनर सुवास खकुरेल र प्रदिप ऐरीले सतक बनाए । टस जितेर पहिले ब्याटिङ गरेको एपिएलले पहिलो विकेटका रुपमा अनिल शा लाई मात्र तीन रनमा गुमाएपनि दोस्रो विकेटका लागि सुवास र प्रदिपले दुई सय ३१ रनको दरिलो साझेदारी गरे । घरेलु क्रिकेटमा यी दुई खेलाडीको यो साझेदारी अहिलेसम्म कै दोस्रो ठुलो हो ।

लामो समयपछि घरेलु क्रिकेटमा सतक बनाएका सुवासले १३० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै १०३ रन बनाए । हातको चोटका कारण केहि महिना मैदान बाहिर रहेका सुवासले डिपिएल मार्फत कमब्याक गरेका थिए । त्यसपछि उनले खुकुरी कपमा पनि राम्रो प्रदर्शन गरेका थिए । घरेलु क्रिकेटको एकमात्र एकदिवसिय प्रतियोगितामा पनि सुवासले राम्रो खेल्दै सतक प्रहार गरे ।

यता उनलाई दरीलो साथ दिएका प्रदिप ऐरीले विस्फोटक १५८ रन बनाए । घरेलु एकदिवसिय क्रिकेटमा अहिलेसम्म कै ब्यक्तिगत उच्च स्कोर बनाएको प्रदिपले १३५ बलमा १३ चौका र ८ छक्का प्रहार गरे । जसका कारण एपिएफले प्रदेश २ लाई प्रतियोगिताकै उच्च लक्ष्य दियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest