अफगानिस्तानका रासिद खान टी-२० क्रिकेटमा कम खेलमा ५० विकेट लिने दोस्रो खेलाडी

अफगानिस्तानका लेग स्पिनर राशिद खान टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो ५० विकेट लिने दोस्रो बलर बनेका छन ।

बंगलादेशविरूद्धको खेलमा ३ विकेट लिएपछि १९ वर्षीय खानले ३१ टी-२० खेलमा ५० विकेट पुरा गरेका छन। यो सँगै उनले दक्षिण अफ्रीकी स्पिनर इमरान ताहिरसँग बराबरी गरेका छन भने उनले डेल स्टेन तथा उमर गुल जस्ता बलरलाई पछि पारेका छन ।

स्टेनले ३५ खेलबाट ५० विकेट लिएका थिए भने उमर गुलले ३६ खेलमा सो कोशेढुङगा पुरा गरेका हुन ।

अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा छिटो ५० विकेट लिने खेलाडीमा श्रीलंकाका मिस्ट्री स्पिनर अजन्था मेन्डिस छन्। उनले २६ खेलबाट यो रेकर्ड बनाएका हुन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest