चार दिनसम्म आँखामा आँशु बोकेर मानसिक तनावमा थिए-स्मिथ

बल टेम्परीङको घटनाले चार दिनसम्म रोएर बसेको खुलासा अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान स्टिभ स्मिथले बताएका छन ।

क्यानडामा हुने ग्लाबेल टी–२० प्रिमियर लिगमा डेविड वार्नरसँगै विक्रि भएका स्मिथले सिड्नीको नक्स स्कुलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै भने इमान्दार भएर भन्ने हो भने म लगातार चार दिनसम्म आँखामा आशु बोकेर बसे । म मानसिक रुपमा निकै दबावमा गएको थिए । तर निकै भाग्यमानी रहेछु किनकी मलाई कठिन समुहमा साथीभाई र आफन्तले सम्हाले र मनको दुःख पोख्ने अवसर दिए ।

सो समयमा मलाई साथ दिने हरेक प्रतिको नजर अहिले पुर्ण रुपमा परिवर्तन भएको छ । कठिन समुहमा आफुलाई साथ दिने ब्यक्ति प्रतिको हेराई अबदेखि विशेष हुनेछ ।

वार्नर न्यु साउथ वेल्सको प्रशिक्षण क्याम्पका लागि तयारीमा रहदा स्मिथ भने ब्यक्तिगत रुपमा प्रशिक्षण गरिरहेका छन । उनले टोरन्टो उड्नु अघिसम्म ब्यक्तिगत रुपमा नै गोप्य तरिकाले प्रशिक्षण गर्ने बताए । त्यो प्रतियोगिताबाट आएको रकम उनले क्यानडा र अष्ट्रेलियाको क्रिकेट कम्युनिटीलाई वितरण गर्ने पनि घोषणा गरे ।

ग्लोबल टी–२० मा टोरन्टो नेश्नल्स टिमका मार्की खेलाडी बनेका स्मिथले फेरी विश्व क्रिकेटमा आफु पुरानो फर्म फर्कन आतुर रहेको पनि बताए । जुन २८ देखि जुलाई १५ सम्म आयोजना हुने प्रतियोगितामा नेपाली स्पिनर सन्दिप लामिछाने पनि परेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest