एपिएफ र प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा, प्रदिप र सुवास एकै इनिङमा सतक

विभागिए टिम सशस्त्र प्रहरीको एपिएफ क्लव प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने प्रदेश ५ ले अन्तिम चारको यात्रा बलियो बनाएको छ । आज भएको खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई ३० रनले हरायो भने एपिएफले प्रदेश २ लाई ९६ रनले पराजित गर्यो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा ओपनर सुवास खकुरेल र प्रदिप ऐरीको सतकका कारणले एपिएफले ५० ओभरमा तीन सय ३९ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले पहिलो विकेटका रुपमा अनिल शा लाई मात्र तीन रनमा गुमाएको थियो । तर दोस्रो विकेटका लागि सुवास र प्रदिपले दुई सय ३१ रनको दरिलो साझेदारी गरे ।

घरेलु क्रिकेटमा यी दुई खेलाडीको यो साझेदारी अहिलेसम्म कै दोस्रो ठुलो हो । लामो समयपछि घरेलु क्रिकेटमा सतक बनाएका सुवासले एक सय ३० बलमा ६ चौका र २ छक्का प्रहार गरे । हातको चोटका कारण केहि महिना मैदान बाहिर रहेका सुवासले डिपिएल मार्फत कमब्याक गरेका थिए । त्यसपछि उनले खुकुरी कपमा पनि राम्रो प्रदर्शन गरेका थिए । घरेलु क्रिकेटको एकमात्र एकदिवसिय प्रतियोगितामा पनि सुवासले राम्रो खेल्दै सतक प्रहार गरे । यता उनलाई दरीलो साथ दिएका प्रदिप ऐरीले विस्फोटक १५८ रन बनाए । घरेलु एकदिवसिय क्रिकेटमा अहिलेसम्म कै ब्यक्तिगत उच्च स्कोर बनाएको प्रदिपले १३५ बलमा १३ चौका र ८ छक्का प्रहार गरे । यस्तै पृथु बास्कोटाले २९ र भुवन कार्कीले १६ रनको योगदान गरे ।

जवाफमा बलियो सुरुवात गरेको प्रदेश दुईले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो । तर उसको पारी सुरु भएको केहि बेरमा भारी बर्ष भएपछि खेल केहि बेर रोकिन पुग्यो । त्यसपछि डकवर्थ एण्ड लुइसको नियमका आधारमा उसले २८ ओभरमा दुई सय दुई रनको नयाँ लक्ष्य पायो ।

बर्षापछि सुरु भएको खेलमा प्रदेश दुई पुर्णरुपमा धरासायी बन्यो । उसले स्कोरबोर्डमा अरु २५ रन जोडदा आठ विकेट खेर फाल्यो । उसका ओपनर हरीशंकर शाहले ३८ र सुरज पटेलले ३४ रन बनाउनु बाहेका बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । प्रदेश दुईलाई कम स्कोरमा रोक्न करण केसी र बसन्त रेग्मीले तीन तीन विकेट लिए ।

यता मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४४ ओभर ५ बलमा एक सय ५२ रन बनायो । उसका लागि भुपेन्द्र थापाले ४६ तथा कप्तान जितेन्द्रसिंह ठकुरीले १८ रन बनाए । यस्तै रुपेश श्रीवास्तवले २१ रन बनाउँदा बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । प्रदेश ५ का लाल अधिकारीले चार विकेट हात पारे ।

जवाफमा प्रदेश ५ले ८९ रनमा तीन विकेट गुमाउदा बर्षाले खेल सम्भव नभएपछि डक वर्थको नियम अनुसार उसले २० ओभर ५ बलमा ६० रनको लक्ष्य पायो । जुन उसले पुरा गरिसकेको थियो । उसका जितमा सन्दिप सुनारले ३८ तथा शंकर रानाले १९ र कप्तान शक्ति गौचनले १५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest