सम्मान थाप्न ब्यस्त सन्दिप, मेरोलगानीले गर्यो नगदसहित सम्मान

आइपिएलमा गरेको प्रदर्शनका कारण यतिबेला सन्दिपलाई सम्मानको ओइरो लागेको छ । लर्डसमा भएको च्यारीटी म्याच खेलेर फर्किएपछि उनलाई अर्थसम्बन्धी समाचार संस्था मेरोलगानी डट कमले आईपीएलमा सहभागी भएको तथा विश्व ११ को टिममा परेर इतिहास कायम राखेको भन्दै नगद ५० हजार रुपैयाँसहित प्रोत्साहन सम्मान गरेको हो ।

सोमबार त्रिपुरेश्वरस्थित कार्यालयमा आयोजित कार्यक्रममा मेरोलगानीमा प्रमुख कार्यकारी अतीतलाल श्रेष्ठ र सम्पादक राजेन्द्र खनालले सन्दिपलाई नगद र सम्मानपत्र प्रदान गरे ।

मेरोलगानीका सम्पादन खनालले क्रिकेट खेलको माध्यमबाट नेपालीलाई खुसी तुल्याउन सन्दिपले गरेको प्रयासको प्रशंशा गर्दै आगामी दिनमा पनि यस्तै प्रदर्शन गर्न शुभकामना दिए ।

सम्मानित भएपछि १७ वर्षीय लेगस्पिनर सन्दिप लामिछानेले यस्तो सहयोग र सम्मानले अझै राम्रो गर्न हौसला मिल्ने भन्दै समग्र नेपाली क्रिकेटको बिकासमा सहयोग गर्न पनि अनुरोध गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest