विनोदको बिस्फोटक ब्याटिङमा आर्मीले एपिएफलाई २२९ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ए को खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बललाई दुई सय २८ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा बर्षाका कारण ४० ओभरमा झारीएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले कप्तान विनोद भण्डारीको विस्फोटक ५० रनको मद्दतले दुई सय २८ रन बनायो ।

राम्रो सुरुवात गरेको आर्मीका लागि सागर पुन र अनिल मण्डलले पहिलो विकेटका रुपमा ७७ रनको साझेदारी गरेका थिए ।

सागरले ४६ रन बनाए भने अनिलले ७२ रनको योगदान गरे । यस्तै नरशे बुढाऐरले पनि ३७ रन जोड्दा चौथो नम्वरमा ब्याटिङमा आएका विनोदले २३ बलमा ५० रन बनाए ।

बलिङ तर्फ एपिएफका भुवन कार्कीले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest