आर्मीको लगातार चौथो जित, समुह ए बाट विजेताका रुपमा सेमिफाइनलमा

विभागिए टिम त्रिभ’वन आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राख्दै प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको सम’ह ए को विजेताका ?पमा सेमिफाइनलमा प्रवेश गरेको छ । किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा आर्मीले अर्को उपाधि दावेदार एपिएफले ७० रनले हरायो ।

वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ओपनर अनिल मण्डल कप्तान बिनोद भण्डारीको अर्धशतकीय सहयोगमा २२८ रन बनायो । आर्मीका लागि मण्डलले ९९ बल खेलेर ७ चौकाको सहयोगमा ७२ रनको पारी खेले । मण्डलले पहिलो विकेटका लागि सागर पुनसँग मिलेर ७७ तथा दोस्रो विकेटका लागि नरेश बुढाएरसँग मिलेर ८२ रनको साझेदारी गरेका थिए । सागरले ४६ तथा नरेशले ३७ रन बनाए ।

चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान विनोद भण्डारीले विष्फोटक पारी खेल्दै २२ वलमा अर्धशतक पूरा गरे । बलिङतर्फ एपीएफका भुवन कार्कीले ३ विकेट लिए । २२९ रनको लक्ष्य पछ्याएको एपीएफ ३२.५ ओभरमा १५८ रनमै समेटिएपछि आर्मीको जित निश्चित भयो । एपीएफका रोहितकुमार पौडेलले बनाएको २८ रन एपीएफका ब्याट्सम्यानले बनाएको सर्बाधिक व्यक्तिगत स्कोर हो । उनका अलावा अनिल साहले २५, सुवास खकुरेलले २२, भुवन कार्कीले २६ र अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।

एपीएफलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले ३ विकेट लिए । मूलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर ३ लाई ६ विकेटले पराजित गरेपछि नेपाल पुलिस क्लव सेमिफाइनल नजिक पुगेको छ । जित पछि पुलिसको ५ अंक भएको छ भने प्रदेश ५ र ७ को पनि समान ५ अंक छ । बुधबार हुने प्रदेश ५ र पुलिसबीचको खेलले सेमिफाइनल मा पुग्ने दुई टिमको टुंगो लाग्नेछ ।

बुधबारको खेलमा पुलिस वा प्रदेश ५ ले ठूलो अन्तरको जित हासिल गरेको खण्डमा प्रदेश ७ को पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । प्रदेश ७ ले समूह चरणका चारै खेल खेलिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest