पीएम कपको सेमिफाइनल समिकरण पुरा, हारपछि पनि प्रदेश ५ सेमिफाइनलमा

प्रधानमन्त्री एकदिवसिय कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आज भएको समुहको अन्तिम खेलमा पुलिसले प्रदेश ५ लाई सात विकेटले हराउदै समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो । हारपछि पनि प्रदेश पाँचले अन्तिम चारको यात्रा पक्का पार्यो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको समुहको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय रन बनायो । ३० रन हुदा पहिलो विकेट गुमाएको प्रदेश ५ का लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए । यस्तै सौरभ खनालले ४२, कृष्ण कार्कीले २६ र राजबीर सिंहले २१ रनको योगदान गरे ।

यस्तै सन्दिप सुनारले २० रन बनाउदा विक्रम भुषालले पनि २० रन थपे । बलिङ तर्फ पुलिसका ललित राजबंशीले दुई विकेट लिए ।

जवाफमा पुलिसले ४४ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । पुलिसको जितमा दिपेन्द्र ऐरी र आरिफ शेखले एक सय चार रनको साझेदारी गर्दै टिमलाई जित दिलाए ।

४८ रनमा पहिलो विकेट गुमाएको पुलिसले ९७ रनमा तीन विकेट खेर फालेको थियो । तर त्यसपछि प्रदेश पाचले अरु विकेट झार्न सकेन ।

पुलिसका लागि सुनिल धमलाले ३६ र बनाउदा अमित श्रेष्ठले ३० रनको योगदान गरे । यस्तै दिलिप नाथले २४, दिपेन्द्र ऐरीले ५८ तथा आरिफ शेखले ४५ रन जोडे ।

पुलिससँगको हारपछि पनि प्रदेश ५ ले रन रेटका आधारमा प्रदेश ७ लाई पछि पार्दै अन्तिम चारमा स्थान बनायो । अब सेमिफाइनलमा पुलिसले एपिएफसँग खेल्नेछ भने आर्मीले प्रदेश ५ सँग प्रतिस्पर्धा गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest