क्यारेबियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक, सन्दिपको टिम नेभिसले पहिलो गुयानासँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने क्यारेबिन प्रिमियर लिग ट्वान्टि ट्वान्टि क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

जसमा उनी रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिअट्ले पहिलो खेल अगष्ट नौं तारिखमा गुयाना अमाज वारियर्स बिरुद्ध खेल्ने छ। क्यारेबिन प्रिमियर लिग ट्वान्टि ट्वान्टि क्रिकेट प्रतियोगिता (सिपिएल टि–२०) को सार्वजनिक गरिएको खेल तालिका अुसार प्रतियोगिता अगष्ट आठबाट शुरु हुने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १६ गते हुनेछ ।

गत फेब्रुअरीमा आयोजना भएको अक्सनका क्रममा सन्दिपलाई सेन्ट किट्ले पाँच हजार डलरमा आफ्नो टोलीमा समावेश गरेको थियो । उक्त टोलीमा वेष्ट इण्जिका आक्रमक ओपनर क्रिस गेल कप्तान रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest