बंगलादेश विरुद्धको ३ टी–२० श्रीखंलामा अफगानिस्तानको क्लिनस्विप

बंगलादेश विरुद्धको तीन खेलको टी–२० श्रीखंला अफगानिस्तानले क्लिनस्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले एक रनको रोमाञ्चक जित निकाल्दै श्रीखंलामा तीन शुन्यले कब्जा गरेको हो ।

भारतको देहरादुनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ४५ रन बनायो ।

उसका लागि समिउल्लाह सेनवारीले अविजीत ३३ रन बनाउदा कप्तान अस्घर स्तानीक्जाईले २७ रन बनाए । यस्तै मोहम्मद सहजादले २६ र उस्मान घानीले १९ रन थपे ।

बलिङ तर्फ नाज्मुल इस्लाम र अबु जायदले दुई दुई विकेट लिए ।

जवाफमा बंगलादेश २० ओभरमा ६ विकेट गमाउदा एक सय ४४ रनमा रोकियो ।

अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि नौ रन आवश्यक थियो । तर रासिद खानले कसिलो बलिङ गर्दै दुई विकेट झार्दा ७ रनमात्र दिए ।

बंगलादेशका मुस्फिकुर रहमानले ४६ रन बनाउदा महमुदुल्लाहले ४५ र सौम्य सरकारले १५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest