पीएम कपमा सागरको सतक, आर्मी बलियो स्थितीमा

प्रधानमन्त्री कप एकदिबशीय क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनलमा त्रिभुवन आर्मीका सागर पुनले सतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश नम्बर ५ विरुद्ध पुनले १३२ बलमा सतक पुरा गरेका हुन् । ओपनिङ आएका सागरले ८ चौका ३ छक्का प्रहार गर्दै सतक पुरा गरे ।

जारी प्रतियोगितामा सतक प्रहार गर्ने सागर चौथो खेलाडी हुन । उनले घरेलु क्रिकेटमा भएको एकदिवसिय क्रिकेटमा पनि पहिलो पटक सतक बनाएका छन ।

७६ रन बनाउँदा ३ विकेट गुमाएको आर्मीकालागि भुवन सार्की र सागर पुनले सम्मान जनक स्कोर तर्फ डोर्याएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest