पीएम कप क्रिकेट- त्रिभुवन आर्मीद्वारा प्रदेश ५ लाई २९० रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिबशीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइलनमा त्रिभुवन आर्मीले प्रदेश ५ लाई २९० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो सेमिफाइनलमा टस हारेर व्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८९ रन बनाएको हो । सागर पुनले सतकिय पारि खेलका छन् । उनले १३२ बलमा सतक पुरा गरेका थिए ।

समग्रमा ११८ रन बनाएका पुनले ४ छक्का र १० चौका प्रहार गरे । सागर पुन र अनिल मण्डलले पहिलो विकेटकालागि ५२ रनको साझोदारी गरेका थिए । पहिलो विकेटका रुपमा मण्डल व्यक्तिगत १९ रनमा पेभेलियन फर्र्किए । दोस्रो विकेट पनि आर्मीले ५२ रनमा गुमाएको थियो । आर्मीका नरेश बुढाऐर २ बल खेल्दै ० रनमा आउट भए ।

३० बल खेलेका राजु रिजाल ५ रनमा रनआउट भए । ७६ रनमा तीन विकेट गुमाएको आर्मीलाई माथि उकास्न पुन र सार्कीको जोडीले ११५ रनको साझेदारी गरेका थिए । सार्कीले आक्रामक ७७ रन बनाए भने कप्तान विनोद भण्डारीले ३७ रन जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest