प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको उपाधिका लागि दुई विभागिए टिम भिड्ने

काठमाडौमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागिए टिम त्रिभुवन आर्मी र एपिएफ क्लव भिड्ने भएका छन ।

किर्तीपुर मैदानमा आज भएको खेलमा एपिएफले पुलिसलाई नौ रनले हराउँदै फाइनलमा स्थान बनायो । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफ ४८ ओभर ५ बलमा दुई सय आठ रनमा अलआउट भयो । पहिलो विकेटका लागि सुवास खकुरेल र अनिल शा ले ५७ रनको साझेदारी गरेपछि बाकि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन । जसका कारण उनले अरु एक सय ५१ रन जोड्दा अलआउट भयो ।

एपिएफका लागि सुवासले २१, अनिल शा ले ४५, पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२ र प्रदिप ऐरीले २४ रनको योगदान गरे । यस्तै कप्तान बसन्त रेग्मीले १४ रन थपे । बलिङ तर्फ पुलिसका दिपेन्द्र ऐरीले तीन तथा आरिफ शेख र ललित राजवंशीले समान दुई दुई विकेट लिए ।

जवाफमा पुलिसको पारीमा बर्षाले खेल रोकिएपछि डकवर्थ एण्ड लुइसको नियमका आधारमा २८ ओभरमा उक सय ४१ रनको नयाँ लक्ष्य पायो । तर राम्रो सुरुवात गर्न नसकेको पुलिसले २० रनमा पहिलो विकेट गुमायो भने ६२ रन बनाउदा चार विकेट खेर फाल्यो । उसका कुनैपनि खेलाडी विच दरिलो साझेदारी हुन सकेन । पुलिसका लागि कुशल भुर्तेलले ३० तथा सुनिल धमलाले २४ र दिलिप नाथले १६ रन जोडे ।

यस्तै दिपेन्द्र ऐरील १४ रन बनाउदा बाकि खेलाडीले राम्रो खेल्न सकेनन । पुलिसलाई कम स्कोरमा रोक्न एपिएफका अमर रौटेलाले तीन तथा कप्तान बसन्त रेग्मीले दुई विकेट लिए । आर्मी यसअघि नै प्रदेश ५ लाई हराउदै फाइनलमा पुगिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest