पीएम कप क्रिकेट- आर्मी र एपिएफ विच उपाधि भिडन्त

प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई बिभागीय टोलीहरु त्रिभुवन आर्मी र एपीएफ क्लव विच प्रतिस्पर्धा भइरहेको छ ।

राष्ट्रिय खेलाडी बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र राष्ट्रिय टोलीका भेट्रान बलर बसन्त रेग्मीको नेतृत्वको एपीएफबीचको फाइनलमा आर्मीले टस जितेर पहिले ब्याटिङ गरीरहेको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेश्नलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी प्रतियोगिताको एकमात्र अपराजित टोली हो । युवा खेलाडीहरुको बर्चश्व रहेको आर्मी ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित देखिन्छ ।

यता एपीएफले पनि उत्कृष्ट व्यटिङ गर्दै आएको छ । यद्यपी यस प्रतियोगितामा एपीएफको बलिङ आर्मीको तुलनामा प्रभावकारी बन्न सकेको छैन । समूह चरणमा आर्मीले एपीएफलाई पराजित गरेको थियो । आर्मीले एपीएफलाई ७० रनले पराजित गरेको थियो । सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर ५ लाई १५४ रन र एपीएफले नेपाल पुलिसलाई डकवर्थ लुईस नियमका आधारमा ९ रनले हराउँदै फाइनल भिडण्त पक्का गरेका थिए ।

प्रतियोगिताको विजेताले २० लाख, उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार पुरस्कार पाउनेछन् । पहिलो पटक संघीय संरचनाअनुसार आयोजना गरिएको एकदिवशीय प्रतियोगितामा ७ प्रदेश र ३ बिभागीय गरी १० टोलीको सहभागिता थियो ।

प्रतियोगिता जेठ १३ गतेदेखि सुरु भएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest