इंग्ल्याण्डमाथि स्कटल्याण्डको ऐतिहासिक जित

एसोसियट राष्ट्र स्कटल्याण्डले इंग्ल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । एकमात्र एक दिवशीय खेलका लागि स्कटल्याण्ड भ्रमणमा पुगेको इंग्ल्याण्डले ६ रनको हार ब्यहोर्यो ।

इडिनबर्गमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ३७१ रनको उत्कृष्ट इनिङ खेलेको थियो ।

स्कटल्याण्डका लागि कलुम म्याकलियोडले १४० रनको अर्धशतकीय पारी खेले । उनले ९४ बलमा १६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै केल कोट्जरले ५८ रनको योगदान दिए । जर्ज मुन्सेले ५५ रन, म्याथ्यु क्रसले ४८ रन र रिची बेरिङटनले ३९ रन बनाएका थिए ।

बलिङतर्फ इंग्ल्याण्डका अदिल रसिद र लियाम प्लंकेटले २–२ विकेट लिँदा मार्क उडले १ विकेट हात पारे ।

३७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई स्कटल्याण्डले ७ बल अगावै अलआउट ग¥यो । ४८.५ ओभरमा अलआउट हुनुपूर्व इंग्ल्याण्डले ३६५ रन बनाएको थियो । जोनी बेइस्र्टले ५४ बलमा शतक बनाएको खेलमा इंग्ल्याण्ड ३ विकेटको क्षतिमा २२० रनको अवस्थामा थियो ।

तर मार्क वाट र अलास्दिर इभान्सले लगातार विकेट लिएपछि इंग्ल्याण्डले ५६ रन थप्नका लागि ४ विकेट गुमाउनु पर्यो । यस क्रममा ओइन मोर्गन २० रन, एलेक्स हल्स ५२ रन, साम बिलिङस १२ रन र डेविड विल्ली ७ रनमा आउट भएका थिए ।

इंग्ल्याण्डका लागि मोइन अलीले ४६ र प्लंकेटले ४७ रनको योगदान दिएका थिए । तर जितका लागि पर्याप्त भएन । इंग्ल्याण्डमाथि ऐतिहासिक जित दिलाउनका लागि बलिङतर्फ मार्क वाटले ३ विकेट लिए भने अलास्दिर इभान्स र रिची बेरिङटनले २–२ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest