भारत विरुद्दको डेब्यु टेष्टका लागि अफगानिस्तान तयारीमा

भारत विरुद्धको खेल संगै टेस्ट क्रिकेटमा डेब्यु गर्न लागेको अफगानिस्तानले आफ्नो अन्तिम तयारी सुरु गरेको छ ।

अफगानिस्तान र भारत बीचको पहिलो टेस्ट आगामी विहिबार बैङलोरमा सुरु हुदैछ । यो खेल अफगानिस्तानका लागि ऐतिहासिक हुनेछ । अफगानिस्तान र आयरल्यान्डले गत वर्षको जुनमा अन्तराष्ट्रिय क्रिकेट परिषद बाट पुर्ण सदस्यको मान्यता पाएका थिए । यी दुइको आगमन संगै टेस्ट मान्यता प्राप्त राष्ट्रको संख्या १२ पुगेको छ ।

अस्गर स्तानिकजाइको नेतृतवमा रहेको अफगान टिममा विश्व स्तरिय स्पिनर रासिद खान, मुजिब उर रहमान छन । रासिदले भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सवैको प्रसंसा पाएका थिए । भारतीय क्रिकेट टिमका करुण नायरले , टेस्ट क्रिकेट रासिदका लागि फरक हुने बताए । किनकी रासिद संग लामो फरम्याटको क्रिकेट खेलेको अनुभव छैन् ।

विगत लामो समय देखी अफगानिस्तानले क्रिकेट खेलिरहेको भएपनि २०११ म मात्र एकदिवशीय मान्यता पाएको थियो । नेपाल भन्दा पछि अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको अफगानिस्तानले छोटो समयमानै यसति ठुलो सफलता हात पारेको छ । अझै पनि युद्धको मार खेपिरहेको अफगानिस्तानले २०१५ मा एक्दिवशीय विश्वकप खेलेको थियो । उसले ट्वान्टी ट्वान्टी विश्वकपमा पनि सहभागिता जनाइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest