भारत विरुद्दको डेब्यु खेलमा अफगानिस्तान भारी अन्तरले पराजित

भारत बिरुद्धको डेब्यु टेष्टमा अफगानिस्तानले भारतसँग एक इनिङ्ग र २ सय ६२ रनको फराकिलो हार ब्यहोरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ओपनरहरु शिखर धवन र मुरली विजयको शततको मद्धतमा आफ्नो पहिलो पारीमा १०४ दशमलब पाँच ओभरमा आफ्नो सबै विकेट गुमाएर ४७४ रन बनायो ।

भारतको तर्फबाट खेलको म्यान अफ द म्याच घोषित धवनले ९६ बलमा १९ चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक १०७ रन बनाए भने विजयले पनि १५३ बलमा १०५ रनको पारी खेले । त्यस्तै सातौं नम्बरमा ब्याटिङ गर्न आएका हार्दिक पाण्डेयाले ७१ तथा केएल राहुलले पनि ५४ रनको योगदान दिए ।

अफगानिस्तानको तर्फबाट यमिन अहमदजाईले सर्वाधिक तीन विकेट लिए भने रसिद खान र वाफदारले पनि आफ्नो नाममा दुई दुई विकेट दर्ता गराए ।

भारतले बनाएको २ सय ७४ रन पक्षाएको अफगानिस्तानले पहिलो पारीमा २७ दशमलब ५ ओभरमा १०९ रन अलआउट भयो । भारतले फलो अन दिए पछि आफ्नो दोश्रो पारी सुरु गरेको अफगानिस्तानले दोश्रो पारीमा ३८ दशमलब चार ओभर खेल्दै मात्र १०३ रन बनाउन सक्यो ।

अफगानिस्तानको परी ध्वष्त पार्ने क्रममा भारतका रविचन्द्रन अश्विनले सर्वाधिक चार विकेट लिए भने इशान्त शर्मा र रबिन्द्र जडेजाले दुई दुई विकेट आफ्नो नाममा दर्ता गराए । त्यस्तै अफगानिस्तानको दोश्रो पारी रबिन्द्र जडेजाले सर्वाधिक चार विकेट लिए भने उमेश यादवले तीन तथा इशान्त शर्माले पनि दुई विकेट लिए ।

अफगानिस्तानले पहिलो पारीमा मोहमद नाबीले २४ रन बनाए भने दोश्रो पारीमा हस्मतुल्लाह शाहिदीले सर्वाधिक ३६ रन बनाए । दुई पारीमा गरेर अफागानिस्तानका नौ जना खेलाडीले दोहोरो अंक जोडे ।

उसले एक दिन मात्र ब्याटिङ गर्दै आफ्नो २० विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest